काठमाडौं, ४ भदौ। पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा संक्रमण पुष्टि र ५ सय ७७ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको संख्या ४ हजार ६ सय २५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ३७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ७० पीसीआर परीक्षणमा १ सय ८० जाना र २ हजार ६ सय ६७ एन्टिजेन परीक्षणमा १ सय १९ जानामा गरि कुल २ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण आज २ जानाले ज्यान गुमाउनु परेको हो। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ७० जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ९ सय ४५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय २१ पीसीआर परीक्षणमा २ सय ४६ जाना र ३ हजार ३ सय २४ एन्टिजेन परीक्षणमा ३ सय ७७ जानामा गरि कुल ६ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



