काठमाडौं, ३ भदौ। पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा संक्रमण पुष्टि र ४ सय ८७ जाना डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार २४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४५ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय २१ पीसीआर परीक्षणमा २ सय ४६ जाना र ३ हजार ३ सय २४ एन्टिजेन परीक्षणमा ३ सय ७७ जानामा गरि कुल ६ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन। कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा १० हजार ९ सय ९० जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ४ हजार ९ सय ३० जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८२ पीसीआर परीक्षणमा २ सय २४ जाना र २ हजार ८ सय ४८ एन्टिजेन परीक्षणमा ३ सय १८ जानामा गरि कुल ५ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



