काठमाडौं, २२ साउन। इजरायली हवाई हमलाले प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डरको मृत्यु भएको छ।
दक्षिणी गाजा पट्टीमा इरान समर्थित इस्लामिक जिहादको अभियानको नेतृत्व गर्ने खलिद मन्सुरको शनिबार हत्या भएको अर्को दिन इजरायली हमलाले उत्तर तर्फको विद्रोहीको कमाण्डरलाई मारेको हो।
इजरायली हवाई आक्रमणमा शनिबार एक ७५ वर्षीया वृद्धाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन्। हवाई आक्रमणले गाजा पट्टीको धेरै घरहरू पनि ध्वस्त पारेका छन्, तीमध्ये केही इस्लामिक जिहाद सदस्यहरूसँग सम्बन्धित छन्।
गाजा मैदानमा रहेको एक्लो पावर प्लान्ट इन्धन अभावका कारण शनिबार दिउँसो बन्द भएको छ। इजरायलले मङ्गलबारदेखि गाजा प्रवेश गर्ने आफ्नो नाका बन्द गरेको छ।



