Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारवर्षाले उपत्यकामा फोहोर संकलनमा असर

वर्षाले उपत्यकामा फोहोर संकलनमा असर

काठमाडौं, २१ साउन। सिसडोलमा ल्यान्डफिल साइट जाने सडकको अवस्था नाजुक भएपछि काठमाडौं उपत्यकाको फोहोर संकलनमा असर परेको छ र उपत्यकाका हरेक चोकमा फोहोरको थुप्रो फेरि सामान्य बन्न थालेको छ।

दुई महिनाअघि मात्रै काठमाडौं र ललितपुर महानगरपालिकामा साथै उपत्यकाको छेउछाउका नगरपालिकाहरूमा उत्पादन हुने फोहोरको अल्पकालीन व्यवस्थापनका लागि पहिचान गरिएको एक मात्र ल्याण्डफिल साइट सिसडोलका स्थानीयवासीलाई मनाउदै सम्बन्धित निकायले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रका सडक किनारमा जम्मा भएको फोहोर हटाउन सफल भएका थिए।

सरकारले ल्यान्डफिल साइटसम्म सडक सञ्जाल निर्माण गर्ने वाचा गरेपछि गत जेठ २७ गते महिनौं लामो गतिरोध अन्त्य भएको थियो। तर, मनसुनको समयमा लगातारको वर्षाले ल्यान्डफिल साइटमा सवारीसाधन आवतजावतमा बाधा पुगेको छ।

काठमाडौं महानगरपालिका र सिसडोल साइटका स्थानीयवासीबीच सम्झौता भएको लगत्तै काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको का.म.न.पा.ले असार ४ गते सार्वजनिक सूचना जारी गर्दै साइटमा सडक मर्मत कार्य भईरहेकाले एक साताको लागि घरधुरी तथा व्यवसायीलाई फोहोरमैलाको व्यवस्थापन गर्न अनुरोध गरेको थियो।

तर, यति दिन बितिसक्दा पनि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा ल्याण्डफिल साइटमा सारिएको छैन।

का.म.न.पा. का वातावरण विभाग प्रमुख सरिता राईले दैनिक रुपमा फोहोर ओसारपसार गर्न पर्याप्त ट्रकको व्यवस्था गर्न नसकेको स्वीकार गरिन। “हामीले यसअघि दैनिक करिब १५० ट्रक पठाउन सक्ने थियौं तर लामो समयदेखि सहरका सडकमा फोहोर जम्मा भइरहेकाले हाम्रो प्रयास पर्याप्त नभएको स्वीकार गर्छौँ।”

ल्याण्डफिल साइटसम्मको सडकको अवस्था नाजुक हुनुका साथै काठमाडौंको मुटुबाट २८ किलोमिटर टाढा पर्ने सिसडोल जाने बाटोमा दुई ठाउँमा पहिरो खसेको राईले बाताईन्। वर्षा जारी रहे फोहोरमैलाको पूर्ण व्यवस्थापन हुन अझै केही दिन लाग्ने उनले बाताईन्। ‘मौसम सुधार भएपछि हामीले फोहोरलाई सहज रुपमा लैजान सक्नेछौँ।

यसैबीच, सिसडोल र बञ्चरेडाँडा आसपासका बासिन्दाले सरकारले पहिले गरेको वाचाअनुसार सडक निर्माण पूरा नगरे भदौ १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।

का.म.न.पा.ले फोहोर सङ्कलनकर्तामा पठाउनुअघि स्रोतमा रहेको फोहोरलाई बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल फोहोर छुट्याउन पनि आग्रह गरेको छ। नछुट्याइएको फोहोर संकलन नगर्ने चेतावनी पनि दिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको