काठमाडौं, २० साउन। पछिल्लो २४ घण्टामा ९ सय १२ जनामा संक्रमण पुष्टि, ३ सय ७० जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ९ सय ४१ पीसीआर परीक्षणमा ५ सय २९ जाना र ३ हजार ५ सय ५० एन्टिजेन परीक्षणमा ३ सय ८३ जानामा गरि कुल ९ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज एक ज्यानले गुमाउनु परेको हो र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टाको अपडेट आएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ९ सय २६ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ८९ पीसीआर परीक्षणमा ४ सय ९४ जाना र ३ हजार ३ सय ३७ एन्टिजेन परीक्षणमा २ सय ६६ जानामा गरि कुल ७ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको थियो।



