काठमाडौं, १९ साउन। सत्तारुढ गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ।
निर्वाचन आयोगले आम र प्रदेश निर्वाचनका लागि मंसिर ४ गते सिफारिस गरेको थियो।
पछिल्लो घोषणा अनुसार दुवै निर्वाचन एकै चरणमा मंसिर ४ मा हुनेछ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको असार २२ गतेको प्रस्ताव अनुसार मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
बुधबार सत्तारुढ गठबन्धनबीच यस विषयमा सहमति भएको थियो।
निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि १२० दिन समय लाग्ने बताएको छ। मंसिर ४ गते निर्वाचन भएमा आयोगसँग तयारीका लागि ११२ दिनको समय हुनेछ।



