काठमाडौं, १६ साउन। पछिल्लो २४ घण्टामा ८ सय १४ जनामा संक्रमण पुष्टि, २ सय ९९ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ४४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १५ जानालाई परीक्षण गरिएको थियो जसमा दुई हजार ७ सय ६२ पीसीआर परीक्षणमा ५ सय ९ जाना र दुई हजार ६ सय ५३ एन्टिजेन परीक्षणमा तिन सय ५ जानामा गरि कुल ८ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोभिड–१९ का कारण आज कसैले ज्यान गुमाउनु परेको छैन र कोरोना बिरुद्धको खोप पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १३ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ५ हजार ९ सय ९ जानालाई परीक्षण गरिएको थियो जसमा तिन हजार ६ सय ८५ पीसीआर परीक्षणमा ६ सय ३२ जाना र दुई हजार २ सय २४ एन्टिजेन परीक्षणमा दुई सय ६३ जानामा गरि कुल ८ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



