काठमाडौं, ८ साउन। झापाको कचनकवल गाउँपालिका–५ मा आइतबार बिहान एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन्। सुनकोशी चिया बगानमा काम गर्ने तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
बेल्ले गाउँको सुनकोशी चिया बगानमा रहेको जिङ खोलाको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन्।
हिजो दिउँसोदेखि बेपत्ता भएका उनीहरु आज बिहान साढे सात बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



