Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिनिर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, ६ साउन। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति छिट्टै घोषणा गरिने बताउनुभएको छ।

नेपाल प्रेस युनियन (एनपीयू) को नवौं राष्ट्रिय महाधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको प्रधानमन्त्री देउवाले जानकारी दिए।

“सरकार निर्वाचनको तयारीमा जुटेको छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीलाई आफ्नो कलमको प्रयोग गर्न आग्रह गर्दछु। निष्पक्ष पत्रकारिताले मात्र राष्ट्र र लोकतन्त्र बलियो बनाउँछ।” प्रधानमन्त्रीले भने।

उनले पत्रकारितालाई राजनीतिक स्थायित्वका विषयमा कलम चलाउन पनि आग्रह गरे। पछिल्लो समय सञ्चारमाध्यममा जानीजानी दोषारोपण गर्ने प्रवृत्ति बढेको बताउँदै प्रधानमन्त्रीले निष्पक्ष पत्रकारिताले मात्र राष्ट्र र लोकतन्त्र बलियो हुने बताए। “नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा प्रेसले महत्वपूर्ण भूमिका खेलेको छ” उनले थपे।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारीमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै देशको विकासमा सत्य तथ्य र वस्तुनिष्ठ सूचनाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।

प्रजातन्त्र सुदृढीकरणका लागि मुलुकमा स्वस्थ पत्रकारिता आवश्यक औँल्याउँदै प्रधानमन्त्री देउवाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको