काठमाडौं, ५ साउन। पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा संक्रमण पुष्टि र ५६ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ३७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६९ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ६७ पीसीआर परीक्षणमा ३ सय १७ जाना र १ हजार ९ सय २ एन्टिजेन परीक्षणमा १ सय १८ जनामा गरि कुल ४ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन र कोरोना बिरुद्धको खोपको विवरण आएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ९ सय ८१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ३ सय ४० जाना र १ हजार ४ सय १९ एन्टिजेन परीक्षणमा ५१ जनामा गरि कुल ३ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



