काठमाडौं, ४ साउन। पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा संक्रमण पुष्टि र ४६ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८१ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ५ सय ६२ पीसीआर परीक्षणमा ३ सय ४० जाना र १ हजार ४ सय १९ एन्टिजेन परीक्षणमा ५१ जनामा गरि कुल ३ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन। आज कोरोना बिरुद्धको खोप १ लाख २१ हजार ३ सय १५ जानाले लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार २४ घण्टामा ३ हजार ३ सय ५७ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ८ सय ५७ पीसीआर परीक्षणमा २ सय ६८ जाना र १५ सय एन्टिजेन परीक्षणमा ८९ जनामा गरि कुल ३ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको थियो।



