Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारदर्शकले रुचाए ‘अगस्त्य च्याप्टर १’ , भन्छन्– को हो गणेश ?

दर्शकले रुचाए ‘अगस्त्य च्याप्टर १’ , भन्छन्– को हो गणेश ?

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ ।

फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ले रिलिज भएसँगै दर्शकलाई चासोसँगै थप कौतुहलता पनि बढाइदिएको छ ।

देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो भने, दर्शकहरू उच्च चाप रहेको देख्न सकिन्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले दर्शकबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट भोलीका दिनलाई थप बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको छ ।

आम दर्शक, फिल्मकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरीको मुख्य अभिनय छ ।

२ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् ।

फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रियाले फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, नाजिर हुसेन र मलिका महतले काठमाडौँका विभिन्न हलहरूमा पुगेर साक्षात्कार गरेका थिए । कलाकारहरू जुन जुन हलमा उपस्थित भएका थिए दर्शकहरूले अभिनय, एक्सन, कलाकारले गरेको मेहनत र फिल्मले दिएको सरप्राइज सस्पेन्सले दंग रहेको जानकारी गराउँथे ।

दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, फिल्मका लागि निकै नै मिहिनेत गरेका सौगात एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । जसबाट दर्शकहरू फिल्म हेरेर आनन्दित भएको बत्ताउँछन् । उनले गरेको भूमिका लामो समयसम्म दर्शकको दिमागमा बस्ने अनुमान लगाउन सकिन्छ ।

यस्तै, दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनेको पाइन्छ । जसअनुरूप निर्माणपक्षले बाँकी जानकारी पछि दिने भन्दै ‘अगस्त्य च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको