Monday, April 29, 2024
spot_img
Homeफिचर्ड‘महाजात्रा’ फस्टलुकमा विपिन–वर्षा र दिव्य­–गौमाया

‘महाजात्रा’ फस्टलुकमा विपिन–वर्षा र दिव्य­–गौमाया

काठमाडौं । प्रणय दिवसको सप्ताह अवसर पारेर फिल्म ‘महाजात्रा’ को दुई फस्टलुक सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत फस्टलुक सार्वजनिक गरेका हुन् ।

फस्टलुकमा फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई देखाइएको छ । फिल्ममा विपिनले ‘फडिन्द्र’ र वर्षालाई ‘सम्पदा’ तथा दिव्यलाई ‘इन्स्पेक्टर एकदेव खत्री’ र गौमायालाई ‘कान्ति थकाली’का रुपमा दर्शकले हेर्न पाउनेछन् ।

निर्देशक भट्टराईले फिल्मको विषयवस्तु पैसासँग जोडिएको हुनाले फिल्ममा देखाइने प्रेम अन्य फिल्मको भन्दा फरक हुने दाबी गरे । ‘हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ,’ उनले भने ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको