Tuesday, September 26, 2023
spot_img
Homeसमाचारप्रतिनिधिसभा बैठकः खर्च घटाउने प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधिसभा बैठकः खर्च घटाउने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं, १३ असार। उच्च कार्यालय र मन्त्रालयको खर्च कटौतीको प्रस्ताव दुई तिहाइले अस्वीकृत भएको छ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र विभिन्न मन्त्रालयको विनियोजनमा उल्लेख भएबमोजिमको खर्च घटाउने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

कुल २७ सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए भने सांसद डा अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। डा सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका छन्।

अन्य २५ सांसदको प्रतिनिधित्व गर्दै सांसद प्रेम सुवालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्ताव प्रस्तुत गरे जुन बहुमतले अस्वीकृत भएको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको