काठमाडौं, १० असार। सशस्त्र प्रहरी बल रुपन्देहीले करिब एक करोड ८५ लाखभन्दा बढीको दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सुचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिकाको कालिदह नाकाबाट बा १२ च ३८२० नम्बरको कारबाट १९६५.०३ ग्राम तौलका सुनका दुईवटा बिस्कुट बरामद गरेको छ। पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–१० बस्ने २१ वर्षीय हुमानन्द गिरी छन्। यस विषयमा थप अनुसन्धान भईरहेको छ। (रासस)



