Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, August 27, 2026
spot_img
Homeसमाचारराष्ट्रिय हित संरक्षणमा सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय हित संरक्षणमा सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राष्ट्रिय हित रक्षाका लागि संवेदनशील रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सीमानाको रक्षा, सुरक्षा र राष्ट्रिय एकता गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र सीमा सुरक्षाका विषयमा नेपालमा बृहत्तर राष्ट्रिय एकता कायम भएको बताउँदै राष्ट्रिय हितको रक्षाका लागि सरकार संवेदनशील र प्रयासरत रहेको दोहोर्‍याए।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताउँदै यसका लागि सीमास्तम्भको नियमित मर्मत सम्भार, विद्यमान सीमा नाकालाई थप सुदृढीकरण र नयाँ स्थापना गरिने बताए।

सीमा सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा स्थापना भएका २५० सीमा चौकीमध्ये १२८ वटा भौतिक पूर्वाधार निर्माण भइसकेका छन् भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा १० वटा नयाँ बोर्डर आउटपोष्टको निर्माण कार्य सम्पन्न हुने प्रधानमन्त्रीले संसदमा जानकारी गराए।

शून्य समयमा र विशेष समय दुवैमा प्रधानमन्त्रीले सरकार राष्ट्रिय हितप्रति संवेदनशील रहेको दोहोर्‍याए। ‘सरकार सधैं देश र देशवासीको हितमा लागिरहेको छ,’ सरकार प्रमुखले भने।

साथै उनले जनताका चासोका विषय सम्बोधन गर्दै विकास निर्माणका कामलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए।

साथै सरकार र जनताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने सरकारको संकल्प छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको