Tuesday, September 26, 2023
spot_img
Homeसमाचारअसर ८ मा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न-उत्तरको योजना

असर ८ मा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न-उत्तरको योजना

काठमाडौं, ५ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यही असार ८ गते प्रतिनिधिसभाको बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको बैठक बस्दैछ।

संघीय संसदको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति तय भएको जानकारी दिए।

त्यसका लागि प्रत्येक समूहमा १५ जना सांसदसहित १७ समुहमा विभाजन गरिएको जानकारी दिँदै उनले सांसदहरुलाई आफ्ना प्रश्न आज साँझ ५ बजेसम्ममा संसद सचिव समक्ष दर्ता गराउन आग्रह गरे।

यसअघि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको सत्र पनि भएको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको