काठमाडौं, २६ जेठ। भारत सरकारले उपहार दिएको मुर्राह भैंसी नेपाल ल्याउन करिब दुई महिना लाग्ने पशु सेवा विभागले जनाएको छ। भारत सरकारले नेपाली भैंसीमा कृत्रिम गर्भाधानका लागि १५ वटा मुर्राह भैंसी उपहार दिएको हो।
नेपालका प्राविधिकको टोली भारत पुगेर अध्ययन गरेपछि मात्रै भैंसी घर ल्याइने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए।
राँगालाई पशु सेवा विभागअन्तर्गतको पोखरा, नेपालगन्ज र लहानस्थित राष्ट्रिय पशुपालन कार्यालयमा वीर्य उत्पादनका लागि राखिने जनाएको छ।
राँगाका लागि विशेष प्रकारको गोठ र चारा चाहिन्छ र उनीहरुको हेरचाहका लागि पशुचिकित्सक परिचालन गरिने ढकालले बताए।
बजारमा मुर्राह भैंसीको मूल्य सामान्यतया २० लाखदेखि २२ लाख रुपैयाँसम्म हुन्छ। स्थानीय भैंसीले पहिलो पटक बच्चा जन्माउँदा करिब एक हजार लिटर दूध उत्पादन गर्न सक्ने भए पनि मुर्राह भैंसीसहितको क्रस ब्रेड भैंसीले त्योभन्दा तीन गुणा दूध उत्पादन गर्न सक्ने उनले बताए। (रासस)