काठमाडौं, २३ जेठ। आज बिहान ११ः११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक भोलिका लागि सारिएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै स्थगित भएको हो।
आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने अपेक्षा गरिएको थियो।
त्यसैगरी आजको बैठकको कार्यसूचीमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र आम्दानीको अनुमानमाथि सामान्य छलफल गर्ने प्रस्ताव प्रस्तुत गरेको सचिवालयले जनाएको छ। (रासस)