Tuesday, September 26, 2023
spot_img
Homeफिचर्डप्रधानमन्त्री प्रचण्ड र मोदी वार्तामा

प्रधानमन्त्री प्रचण्ड र मोदी वार्तामा

काठमाडौं, १८ जेठ। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

सुरुमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यसपछि नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन्। त्यसैगरी प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदराबाद हाउसमा दिवाभोजको आयोजना गर्नेछन्। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको