Saturday, September 23, 2023
spot_img
Homeफिचर्डआम माफि पाएका रेशम चौधरी थुनामुक्त

आम माफि पाएका रेशम चौधरी थुनामुक्त

काठमाडौं, १५ जेठ। आठ प्रहरी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाका दोषी रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज माफी दिएसँगै जेलमुक्त भएका छन्।

स्थानीय डिल्लीबजारस्थित सदरखोर (कारागार)बाट छुटेपछि कैलाली जानुअघि उनी नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्तालाई भेट्न माइतीघर मण्डला पुगेका थिए।

पूर्व रेडियो पत्रकारलाई ३० साउन २०७२ को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो।

मन्त्रिपरिषद्को गत जेठ १३ र २४ गतेको सिफारिसमा राष्ट्रपतिले चौधरीसहित १९ कैदीलाई बाँकी कैद सजाय माफी दिनुभएको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको