काठमाडौं, १५ जेठ। १६औँ गणतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
पहिलो पटक जननिर्वाचित संविधानसभाले २०६५ जेठ १५ गते राजतन्त्रको औपचारिक अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो।
विसं २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनको समर्थनमा गणतन्त्रको घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ।
सबै राज्यसत्ता जनतामा निहित लोकतान्त्रिक गणतन्त्र प्रणालीको प्रारम्भ भएको सम्झनामा गणतन्त्र दिवस मनाइँदैछ। (रासस)