काठमाडौं, १० जेठ। सरकारले काठमाडौं उपत्यकामा भोटो जात्रा (रातो मच्छिन्द्रनाथ) को दिन बिहीबार सार्वजनिक बिदा दिएको छ।
भोटोजात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।
भोटो जात्रा अवलोकन गर्न रास्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने गुठी संस्थानले जनाएको छ।
