Monday, December 4, 2023
spot_img
Homeराजनीतिप्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, ८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई नेताबीच संवैधानिक परिषद्को बैठकलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

संवैधानिक परिषदमा सहमति नभएकाले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस अघि बढेको छैन । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान संवैधानिक परिषद्को बैठक बोलाए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेन। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको