काठमाडौं, २९ चैत। बुधबार कुल एक सय २१ नयाँ संक्रमण(आरटी-पीसीआर र एन्टिजेन परीक्षण संयुक्त) कोभिड-१९ पुष्टि भएको छ भने ८१ जना संक्रमणबाट निको भएका छन्।
विगत २४ घण्टामा गरिएको ६ सय २० रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी-पीसीआर) परीक्षणमा ५८ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित अपडेटमा जानकारी दिएको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ एन्टिजेन परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
हाल, देशभर कोभिड-१९ का ४ सय ४५ सक्रिय केसहरू छन्। यसैबीच पछिल्लो २४ घण्टामा यस रोगबाट एक जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोभिड–१९ का कारण १२ हजार २२ जनाको ज्यान गएको छ।