Tuesday, May 30, 2023
spot_img
Homeसमाचारपछिल्लो २४ घण्टामा १२४ नयाँ केस, सक्रिय केस कति पुग्यो?

पछिल्लो २४ घण्टामा १२४ नयाँ केस, सक्रिय केस कति पुग्यो?

काठमाडौं, २७ चैत। सोमबार कोभिड–१९ का १२४ नयाँ केस (आरटी–पीसीआर र एन्टिजेन परीक्षण संयुक्त) पुष्टि भएको छ भने २९ जना निको भएका छन्।

विगत २४ घण्टामा गरिएको ९०३ रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) परीक्षणमा ७७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित अपडेटमा जानकारी गराएको हो। यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६३ एन्टिजेन परीक्षणमा ४७ जनामा ​​पोजेटिभ देखिएको छ।

हाल, देशभर कोभिड-१९ का ४ सय ४४ सक्रिय केसहरू छन्।

नेपालमा हालसम्म कोभिड–१९ का कारण १२ हजार २० जनाको ज्यान गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको