Sunday, March 3, 2024
spot_img
Homeनिर्वाचनउपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, २० चैत। वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन, तनहुँ र बारा जिल्लामा सोमबार उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीमा सीता ज्ञवालीको प्रस्ताव र विक्रम श्रेष्ठको समर्थन थियो।

लामिछानेलाई नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले चुनौती दिनेछन्।

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्चको फैसलासँगै पदमुक्त भएपछि चितवन–२ मा उपनिर्वाचन आवश्यक भएको छ भने तनहुँ–१ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्ति भएपछी र उपराष्ट्रपतिमा रामसहयप्रसाद यादवको नियुक्तिसँगै बारा–२ मा उपनिर्वाचन आवश्यक भएको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको