Tuesday, May 30, 2023
spot_img
Homeराजनीतिआज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं, १६ चैत। मन्त्रिपरिषद् विस्तारको विषयमा सत्तारुढ दलहरुबीच आज बिहान छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताबीच आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा रहेकाले आज दिउँसो २ बजे शीर्ष नेताहरुबीच पुनः भेट हुने बताइएको छ।

मन्त्रिपरिषद्मा पठाउने व्यक्तिको नाम टुंगो लगाउन नसकेका दलहरूबीच संस्थागत निर्णय गरेर फेरि बैठक बस्ने सहमति भएको छ,’ उनले भने।

सबै विषयमा समझदारी भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने श्रेष्ठले बताए।

बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको