Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeफिचर्डप्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं, ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले दोस्रो पटक संसदबाट विश्वासको मत लिइरहेका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

सत्तारुढ गठबन्धनका पूर्वसदस्य नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रियामा असहमति भई सरकार छाडेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

सरकारमा सहभागी राजनीतिक दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले चैत १२ गतेभित्र विश्वासको मत लिनुपर्नेछ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष १० मा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

पहिलो पारीमा दाहालले पुष २७ मा संसदबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा पछिल्लो समय बनेको नयाँ गठबन्धनका साझेदारहरू प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सहमत भएका छन्।

नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनता पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री दाहाललाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री दाहाललाई संसदको विश्वास जित्न १३८ मत चाहिन्छ। प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, नेपाली काँग्रेसका ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जनता समाजवादी पार्टीका ११, एकीकृत समाजवादी पार्टीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरीक उन्मुक्ति पार्टीका ४ र राष्ट्रिय जनमोर्चा पार्टीका एक सदस्य छन्।

त्यसैगरी प्रतिनिधिसभामा एमालेको ७९, राष्ट्र प्रजातन्त्र पार्टीको १४, स्वतन्त्र उम्मेदवार २, नेपाल किसान मजदुर पार्टीको एक र आम जनता पार्टीको एक सदस्य छन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको