Saturday, September 23, 2023
spot_img
Homeनिर्वाचनरामसहयप्रसाद यादव नेपालको उपराष्ट्रपतिमा निर्वाचित

रामसहयप्रसाद यादव नेपालको उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ३ चैत। नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहयप्रसाद यादव निर्वाचित भएका छन्।

यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए। शुक्रबार भएको निर्वाचनमा उनले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनता पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

यादवले संघीय संसदबाट १८४ मत र प्रदेश सभा सदस्यबाट ३२९ मत प्राप्त गरी विजयी भएका छन्।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले सङ्घीय संसद्बाट १०४ मत र प्रदेशसभा सदस्यबाट १६९ मत प्राप्त गरिन।

उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी अर्की उम्मेदवार ममता झाले संघीय संसदबाट २३ मत र जनप्रतिनिधिबाट १५ मत प्राप्त गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको