काठमाडौं, ३ चैत। मधेस प्रदेश सरकारले नेपाली क्रिकेट टोलीका खेलाडी गुलसन झा र आरिफ शेखलाई नगद पुरस्कार दिने भएको छ।
मधेस प्रदेश सरकारले पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपाल छनोट भएकोमा खुशी व्यक्त गर्दै झा र शेखलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। मधेस प्रदेशका दुवै खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय भएको हो।
मुख्यमन्त्री सरोजकुमार यादवले युएई विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीले जित हासिल गरेकोमा कृतज्ञता व्यक्त गर्दै खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्। (रासस)