Sunday, September 24, 2023
spot_img
Homeखेलकुदक्रिकेटनेपालले पीएनजीलाई ९ विकेटले हरायो

नेपालले पीएनजीलाई ९ विकेटले हरायो

काठमाडौं, २९ फागुन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ।

नेपालले पाहुना टोलीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो।

आसिफ शेखले २१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए र नटआउट रहे। कुशल भुर्तेलले १४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३३ रन बनाए भने कुशल मल्ल १२ रनमा नटआउट रहे।

यसअघि सन्दीप लामिछानेले पाँच विकेट, ललित राजवंशी र कुशल मल्लले २-२ विकेट र सोमपाल कामीले १ विकेट लिएपछि नेपालले पीएनजीलाई ९५ रनमै सीमित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गर्न गएको पीएनजीको ब्याटिङमा चार ब्याट्सम्यान मात्रै दोहोरो अंकमा पुग्न सफल भएका थिए।

त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले बिहीबार संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको