Saturday, September 23, 2023
spot_img
Homeनिर्वाचनरामचन्द्र पौडेल नयाँ राष्ट्रपति

रामचन्द्र पौडेल नयाँ राष्ट्रपति

काठमाडौं, २५ फागुन। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। उनि नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

बिहीबार संघीय र प्रदेशका सांसदले पौडेललाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका हुन्। बिहीबार दिउँसो सम्पन्न भएको मतगणनामा पौडेल नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएका छन्। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।

यस्तै एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३ सय १३ र प्रदेश सभाका ५ सय १८ सदस्यले मतदान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र नेपाल मजदुर किसान पार्टीका एकजनासहित १५ जना संघीय संसद सदस्य तटस्थ रहे र दुवै उम्मेदवारलाई मतदान गरेनन्।

संघीय संसदका छ जना सांसदले मतदानमा भाग लिएनन्। उनीहरु हुन् भारतमा स्वास्थ्य उपचार गराइरहेका चन्द्र भण्डारी, चीनमा उपचार गराइरहेका वर्षमान पुन, अदालतमा मुद्दा चलेका लक्ष्मी कोइरी, निलम्बनमा परेका टेकबहादुर गुरुङ, पदबाट हटाएपछि रिक्त रहेका रवि लामिछाने र निधन भएकी सहानाज रहमान रहेका छन्।

त्यसैगरी मतदानमा सहभागी नहुने प्रदेशसभा सदस्यमध्ये राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका तीन र जनता समाजवादी पार्टी नेपालका एक जना तटस्थ रहे।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको