Sunday, September 24, 2023
spot_img
Homeराजनीतिप्रधानमन्त्रीले थप आठ मन्त्रालयको जिम्मा लिने

प्रधानमन्त्रीले थप आठ मन्त्रालयको जिम्मा लिने

काठमाडौं, १६ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ मन्त्रालयको जिम्मेवारी तोकेकी छन्।

वर्तमान मन्त्रिपरिषद्का आठ मन्त्रीले सोमबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले उनको सिफारिसमा प्रदेश प्रमुखले प्रधानमन्त्री आफैंलाई थप मन्त्रीको जिम्मेवारी सम्हाल्न तोकेका हुन्।

वर्तमान सरकारमा नेकपा (एमाले) का प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पदबाट राजीनामा दिएपछि आठ मन्त्री पद रिक्त भएका छन्।

राजीनामा दिनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन्। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको