Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डराष्ट्रियसभाको आजको बैठकले तीनवटा विधेयक पारित् गर्यो

राष्ट्रियसभाको आजको बैठकले तीनवटा विधेयक पारित् गर्यो

काठमाडौं, २३ माघ। राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गर्न आग्रह गरेकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट उनले विधेयक पेश गरेकी हुन्।

सांसद खिमलाल देवकोटाले विधेयक सकारात्मक रहेको बताए। तर, स्थानीय र प्रदेश सरकारको भूमिका स्पष्ट हुनुपर्छ। आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारले अनुगमनलाई तीव्रता दिन सक्छन्। यो व्यवस्था विधेयकमा समावेश गर्न जरुरी रहेको देवकोटाले सुझाव दिए।

सांसद देवकोटाले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री रेखा शर्माले प्रभावकारी अनुगमन र मूल्याङ्कन नहुँदा आयोजनाले लक्ष्यअनुरूप काम गर्न नसकेको जनताको चासोलाई मध्यनजर गर्दै सरकारले विधेयक अघि बढाएको बताइन्।

बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसम्मतिले पारित गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका तर्फबाट मन्त्री शर्माले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

आजको बैठकले ‘खाद्य शुद्धता तथा गुणस्तर विधेयक, २०७७’ सर्वसम्मतिले पारित गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेकी हुन्। विधायन समितिको प्रतिवेदनसहित प्रस्तुत गरिएको थियो।

राष्ट्रियसभाको अर्को बैठक फागुन २७ गते साँझ ५ बजे बस्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको