काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा गएको भूकम्पमा परी दर्जनौंको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री दाहालले टर्कीमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्तप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय समय अनुसार बिहान ४ः१७ बजे सिरियासँग सीमा जोडिएको दक्षिणपूर्वी टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। (रासस)