Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटक्यानले सन्दीप लामिछानेको निलम्बन गर्यो फुकुवा

क्यानले सन्दीप लामिछानेको निलम्बन गर्यो फुकुवा

काठमाडौं, १८ माघ। नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले स्टार क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। क्यानले निलम्बन रद्द गर्नका लागि कानुनी विज्ञहरूसँग परामर्श गरेको थियो। स्रोतका अनुसार लामिछानेले खेल्न अनुमति माग्दै निवेदन दिएका थिए।

लामिछानेले अब नेपाल भित्रै क्रिकेट खेल्न पाउने भएका छन्। तर, निलम्बनमा परिवर्तन भए पनि उनी तत्काल राष्ट्रिय टोलीको हिस्सा बन्ने छैनन्।

भदौ ५ गते १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लामिछाने विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अन्तर्गत मुद्दा चलाइएको छ भने उनीमाथि लागेको आरोप प्रमाणित भए विद्यमान कानुनी प्रावधान अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

भदौ २१ गते नाबालिग बालिकाले अभिभावकसहित लामिछानेविरुद्ध गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। लगत्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही दिन नेपाल क्रिकेट संघले लामिछानेलाई टोलीबाट निलम्बन गरेको थियो।

भदौ २६ गते अध्यागमन विभागले प्रहरीलाई सहयोग गर्न लामिछानेलाई विमानस्थलमा पक्राउ गर्न कालोसूचीमा राखेको थियो। असोज १० गते नेपाल प्रहरीले सबै इन्टरपोल सदस्य राष्ट्रहरूलाई लामिछाने पत्ता लगाउन र नेपाल ल्याउन मद्दत गर्न आग्रह गर्दै डिफ्युजन नोटिस जारी गरेको थियो र असोज २० लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरियो र विस्तृत अनुसन्धानका लागि उनलाई पटक पटक हिरासतमा राखिएको थियो।

कार्तिक १८ गते लामिछानेलाई मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो र अन्तत पुष २८ गते पाटन उच्च अदालतले उनको पक्षमा फैसला दिदैं २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको