Tuesday, September 26, 2023
spot_img
Homeकाठमाडौँसरकारबाट बाहिरिने रास्वपाको चेतावनी, पेरिसडाँडामा माओवादी केन्द्रको बैठक

सरकारबाट बाहिरिने रास्वपाको चेतावनी, पेरिसडाँडामा माओवादी केन्द्रको बैठक

काठमाडौं, १७ माघ। नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला सुरु भएको थियो। राष्ट्रपति, गृहमन्त्री र भोलि बस्ने स्थायी कमिटीको बैठकको एजेण्डामाथि छलफल हुने बताइएको थियो।

नेकपा माओवादीले रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको टुंगो नलाग्ने जनाएको छ। त्यसबेलासम्म गृह मन्त्रालय माओवादीले आफैसँग नै राख्ने भएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले गृहमन्त्री को बन्छ? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय माओवादीले नै राख्ने बताए।

नागिकता विवादमा फसेका रवि लामिछानेले सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका छन्। उनलाई गृहमन्त्री पदबाट हटाएपछि माओवादीले गृह मन्त्रालय आफैंमा राखेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्त गर्न नसकेको भन्दै शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियत खारेज गरेको दुई दिनपछि नै लामिछाने पार्टीको शीर्ष पदमा फर्किएका हुन्।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता साझेदारीमा गृहमन्त्रालय आफ्नो पार्टीले पाएकाले गृहमन्त्रालयको जिम्मेवारी रास्वपासँगै हुने जनाएको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई पुन:गृहमन्त्री नदिने मनस्थितिमा छन्।

नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले गृहमन्त्रीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग दुई पटक भेट गरिसकेका छन्। तर, यस विषयमा प्रधानमन्त्री सकारात्मक नभएको बालुवाटार स्रोतले जनाएको छ।

आज बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राप्रपाका अध्यक्ष लामिछानेले आफूले गृह मन्त्रालय पाउनु पर्ने अडान दोहोर्‍याएको बताइएको छ। लामिछानेले सत्ता बाँडफाँडमा आफ्‍नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको