Tuesday, September 26, 2023
spot_img
Homeफिचर्डभ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ११० औं स्थानमा

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ११० औं स्थानमा

काठमाडौं, १७ माघ। नेपाल भ्रष्टाचार अवधारणा सूचकाङ्कमा १८० देशमध्ये ११० औँ स्थानमा परेको छ।

बर्लिनस्थित भ्रष्टाचार विरोधी विश्वव्यापी समूह ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स २०२२ अनुसार नेपालले विश्व वरियतामा सात स्थान माथि उक्लेर केही सुधार गरेको छ। सन् २०२१ मा नेपाल ११७ औं स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेशनलले शून्य देखि १०० को स्केल प्रयोग गर्दछ, जहाँ शून्य सबैभन्दा भ्रष्ट र १०० कम भ्रष्ट हो। भ्रष्टाचार विरोधी वकालत निकायका अनुसार ५० भन्दा कम अङ्कलाई देशमा भ्रष्टाचारको तुलनात्मक रूपमा उच्च स्तर मानिन्छ।

दक्षिण एसियामा भुटान (२५औँ), माल्दिभ्स (८५औँ), भारत (८५औँ) र श्रीलंका (१०१औँ), पाकिस्तान (१४०औँ), बंगलादेश (१४७औँ) र अफगानिस्तान (१५०औँ) स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको