काठमाडौं, ४ माघ। प्रख्यात नेपाली नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले बहराइन अधिराज्यको सर्वोच्च नागरिक सम्मान, मानवताको सेवाका लागि इसा अवार्डको पाँचौं संस्करण प्राप्त गर्ने भएका छन्।
मनामामा अवार्डको विजेता घोषणा गर्दै महामहिम राजाका विशेष प्रतिनिधि तथा मानवता सेवाका लागि इसा अवार्डका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, “नेपाली नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई सन् २०२१-२०२२ को लागि यो अवार्डबाट समुदायको सेवा र पेशागत उपलब्धिहरूका लागि सम्मान गरिएको हो।”
द्विवार्षिक पुरस्कार आगामी महिना मनामाको इसा कल्चरल सेन्टरमा राजा हमाद बिन इसा अल खलिफाको संरक्षणमा आयोजना हुने समारोहमा प्रदान गरिनेछ। डा रुइतले मेरिट प्रमाणपत्र, स्वर्ण पदक र १० लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन्।
विश्वभरबाट अवार्डका लागि १३९ जना उम्मेदवारहरू थिए।