काठमाडौं, २ माघ। पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान यस्तो पत्ता लागेको हो। ब्ल्याक बक्स नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। उक्त ब्ल्याक बक्स नेपाली सेनाले काठमाडौं ल्याएर हवाई दुर्घटना छानबिन आयोगलाई बुझाइने निरौलालाई उद्धृत गर्दै राष्ट्र समाचार समितिले जनाएको छ।
ब्ल्याक बक्स एक महत्त्वपूर्ण उपकरण हो जसले दुर्घटनाको कारण निर्धारण गर्न मद्दत गर्दछ, र उडान रडार रेकर्ड र ककपिट भ्वाइस रेकर्डर समावेश गर्दछ।