Tuesday, September 26, 2023
spot_img
Homeराजनीतिसत्तारुढ दलको बैठक आज बस्दै; के के छन् एजेण्डा?

सत्तारुढ दलको बैठक आज बस्दै; के के छन् एजेण्डा?

स्रोत: रासस

काठमाडौं, २८ पुष। मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा टुंगो लगाउन सत्तारुढ दलको बैठक आज बस्दैछ।

सत्तारुढ दलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सभामुखको निर्वाचन, वर्तमान सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ।

बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

यसैबीच, मन्त्रिपरिषद्को नियमित बैठक आज पनि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको