Tuesday, September 26, 2023
spot_img
Homeफिचर्ड१९ नेपाली कामदारको उद्धार गर्न सरकारको गम्भीर तीब्रता

१९ नेपाली कामदारको उद्धार गर्न सरकारको गम्भीर तीब्रता

रासस

काठमाडौं, २५ पुष। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बन्धक बनाइएका १९ नेपाली कामदारको उद्धारका लागि सरकारले पहललाई तीब्रता दिएको छ।

मलेसियामा विगत आठ दिनदेखि नेपाली कामदार बन्धकमा परेको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था थाहा पाउन र कामदारको उद्धार गर्न पहल गरेको हो।

यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सचिव शंकरदास वैरागीमार्फत सम्बन्धित निकायलाई गम्भीर भएर नेपाली कामदारको उद्धारका लागि सक्दो पहल गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

एजेन्टले रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदारलाई स्थानीय सहरको एउटा होटलमा बन्धक बनाएको सञ्चारमाध्यमले जनाएको छ।

सम्झौताविपरीत कम्पनीले आफूलाई काममा दुव्र्यवहार गरेको पीडित कामदारले दाबी गरेका छन्। कम्पनीमा न्यायका लागि आवाज उठाउँदा कुटपिट भएको पनि उनीहरुले गुनासो गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको