Monday, December 11, 2023
spot_img
Homeसमाचारदुई महिनामा पहिलो पटक कोभिड-१९ बाट एक जानाको मृत्यु

दुई महिनामा पहिलो पटक कोभिड-१९ बाट एक जानाको मृत्यु

काठमाडौं, २३ पुष। नेपालमा शनिबार ७५ दिनमा पहिलो पटक कोभिड–१९ बाट एकको मृत्यु भएको पुष्टि भएको छ।

पछिल्लो पटक कार्तिक ७ मा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको थियो। महामारी सुरु भएदेखि हालसम्म देशव्यापी मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार ५५५ पीसीआर परीक्षणमा तीन जनामा ​​पोजेटिभ आएसँगै देशव्यापी सङ्क्रमणको सङ्ख्या १ लाख १ हजार २० पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई जाना गरि मन्त्रालयका अनुसार हालसम्म ९ लाख ८८ हजार ९७९ संक्रमित निको भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको