Wednesday, March 22, 2023
spot_img
Homeकाठमाडौँकाठमाडौं महानगरपालिकाको राजस्व संकलन बढ्यो

काठमाडौं महानगरपालिकाको राजस्व संकलन बढ्यो

स्रोत: रासस

काठमाडौं, २१ पुष। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्म ४ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले बताए।

कोरोना सङ्क्रमणको घट्दो प्रवृत्तिसँगै महानगरले राजस्व सङ्कलनमा सुधार ल्याउन सफल भएको अधिकारीले बताए।

बुधबार काठमाडौं महानगरपालिकामा बसेको राजस्व सल्लाहकार समितिको बैठकमा डा अधिकारीले राजस्व सङ्कलनबारे जानकारी दिएका हुन्।

राजस्व सल्लाहकार समितिको बैठकले काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत डिस्प्ले बोर्ड नहटाउने जरिवाना र जरिवाना सम्बन्धी एजेण्डा नगरसभामा पेश गर्ने निर्णय गरेको छ।

बैठकले स्वीकृति वा तोकिएको मापदण्डविना निर्माण गरिएका परिचयात्मक बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको टोली परिचालन गरेमा व्यवसायीलाई न्यूनतम ५ सय र अधिकतम ३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको