काठमाडौं, ५ पुष। धादिङको मलेखुमा आज दिउँसो बस र माइक्रो ठोक्किँदा एक यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
बस नं. लु २ ख २६४४ भैरहवाबाट काठमाडौं र बा २ ख ४७६२ नम्बरको माइक्रो काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको अवस्तामा दुर्घटना भएको हो।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।