Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदविश्वकप फाइनलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप फाइनलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं, ३ पुष। कतारमा जारी २२ औं फिफा विश्वकप २०२२ को फाइनल खेल नेपाली समय अनुसार आइतबार राति ८ः४५ मा लुसैल रङ्गशालामा हुदैछ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले सहजै हराएर दक्षिण अमेरिकी देशलाई विश्वकपको फाइनलमा स्थान दिलाएको थियो भने दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै पूर्व च्याम्पियन फ्रान्स उपाधि नजिक पुगेको थियो।

अर्कोतर्फ, तेश्रो स्थानको लागि शनिबार रति ८:५४ मा भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले पराजित गर्दै जारी फिफा विश्वकप २०२२ मा तेस्रो स्थान सुरक्षित गरेको छ।

विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी आफ्नो देशका लागि अन्तिम खेल खेल्दै छन्। ३४ वर्षीय मेस्सीका लागि क्लब फुटबलमा उपलब्धि हासिल गर्न केही बाँकी छैन। गत वर्षसम्म देशका लागि अन्तर्राष्ट्रिय उपाधि जित्नु चुनौतीपूर्ण थियो। उनले कोपा २०२१ मा ब्राजिललाई हराएर अन्तर्राष्ट्रिय उपाधिको खडेरी पनि तोडेका थिए।

उपाधि जित्न मैदानमा लड्नुपर्छ, विपक्षीको पोष्टमा गोल गरेर खेल जित्नुपर्छ। मेस्सीका लागि बिदाइ खेल सजिलो छैन। अर्जेन्टिनाले प्रतियोगिताको सबैभन्दा बलियो टोली र पूर्व च्याम्पियन फ्रान्ससँग सामना गर्नुपर्नेछ। टोलीसँग विश्वकप जितेका प्रतिभाशाली खेलाडीहरूको सङ्कलन छ। हालका युवा स्टार केलियन एमबाप्पे पनि टोलीमा छन्।

यो विश्वकप एम्बाप्पेका लागि मेस्सीको जत्तिकै महत्वपूर्ण छ। चार वर्षअघि १९ वर्षको उमेरमा रुसमा विश्वकप ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेरमा अर्को ट्रफी उचालेर इतिहासमा स्वर्ण अक्षर लेख्न चाहन्छन्।

एमबाप्पेमा त्यो इतिहास लेख्ने क्षमता पनि छ। एमबाप्पेको सबैभन्दा ठूलो हतियार भनेको उनको गति हो। उनी यति उच्च गतिमा दौडिन्छन् कि विपक्षी टोलीका डिफेन्डरहरू उनलाई रोक्न संघर्ष गर्छन्। ऊ लगभग ३५ किलोमिटर प्रति घण्टाको औसत गतिमा दौडन्छन्।

मेस्सीले यो विश्वकप जित्ने आफ्नो अन्तिम मौका भएको बताउदा एमबाप्पेले आफ्नो लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने बताए। जारी विश्वकपमा दुवैले पाँच–पाँच गोल गरेका छन् र गोल्डेन बुटका लागि अग्रपंक्तिमा छन्।

आइतवारको खेल मेस्सीका लागि अन्तिम भए पनि यो विश्वकप अर्का स्टार खेलाडी रोनाल्डोका लागि अन्तिम मानिएको छ। रोनाल्डोको टोली पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोको विश्वकप सपना अन्त्य भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको