Friday, March 29, 2024
spot_img
Homeसमाचारन्यून चापीय प्रणालीको प्रभावसहित वर्षा, हिमपातको सम्भावना

न्यून चापीय प्रणालीको प्रभावसहित वर्षा, हिमपातको सम्भावना

काठमाडौं, ३ पुष। न्यून चापीय प्रणालीको प्रभावले आज देशका केही स्थानमा आंशिकदेखि सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

देशका अधिकांश स्थानमा क्रमशः तापक्रम घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो अपडेट अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री र अधिकतम तापक्रम धरानको २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको