काठमाडौं, २८ मंसिर। कैलाली र कञ्चनपुरलगायत पश्चिम तराईका जिल्लामा शीतलहर सुरु भएको छ। आज बिहानैदेखि जिल्लाका लम्की, टीकापुर, सुखड, महेन्द्रनगरलगायतका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ।
बाक्लो कुहिरो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ भने सर्वसाधारण घरभित्रै बसेका छन्।
त्यसैगरी, सडकमा सीमित संख्यामा सवारी साधन चलेका छन् भने मानिसको आवतजावत पनि कम छ।
त्यसैगरी विद्यालय र क्याम्पसमा बिहानको सिफ्टको कक्षा पनि प्रभावित भएको छ।
शीतलहर सुरु भएसँगै वृद्धवृद्धा नागरिकहरु मर्कामा परेका छन् भने कृषकहरु आफ्नो तरकारी उत्पादनमा धेरैजसो हरियो तरकारी र आलुको राम्रो उत्पादन नहुने चिन्तामा छन्।
राष्ट्रिय समाचार समिति(रसस) बाट शभार।