Sunday, December 10, 2023
spot_img
Homeविजनेसनेप्से परिसूचक १६.९६ अंकले बढ्दा १ अर्ब ३६ करोडको सेयर कारोबार

नेप्से परिसूचक १६.९६ अंकले बढ्दा १ अर्ब ३६ करोडको सेयर कारोबार

काठमाडौं, २६ मंसिर। नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले वृद्धि भएको छ।

आज २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा खरिदबिक्री भयो। २२ हजार ९९३ पटक सेयर कारोबार भयो।

आइतबारको तुलनामा आज शेयर कारोबार बढेको छ। आइतबार १ अर्ब १ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। सुमित लघुवित्त वित्तीय र सीवाईसी लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

१३ कारोबार समूहमध्ये १२ समूहको परिसूचक बढेको छ भने एउटाको घटेको छ।

अर्दश समूहको सूचक सर्वाधिक ६.१४ प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक,फाइनान्स, होटल्स एन्ड टुरिजम ,हाइड्रोपावर, मनु एन्ड प्रो र म्युचुअल फन्डको सेयर मूल्य १ प्रतिशत बढिले बढ्यो।

बैंकिङ समूहको सूचक भने ०.५८ प्रतिशतले ओरालो लाग्यो। नविल बैंक २१ करोड मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको